त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुईजना पक्राउ

मंगलबार, २५ भदौ २०८१
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका–१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् । दोहाबाट काठमाडौँ आएका अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको जनाएको छ । यसैगरी भन्सार छलेर ल्याएको सुन अवैध तरिकाले सङ्कलन गरेर लैजान लागेको अवस्थामा २५ ग्राम तौल बराबरको सुनको सिक्री, मोबाइल दुईथान र ल्यापटप सहित देवराज पक्राउ परेका हुन् । उनीहरूबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार