ब्रिटिस कलेज र ई–वर्कस्बीच साझेदारीको घोषणा

बुधबार, २६ भदौ २०८१
काठमाडौँ : ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)लेग्लोबल आईटी कम्पनी ई–वर्कस्सँग साझेदारीको घोषणा गरेको छ । अध्ययनरत र पूर्व विद्यार्थीहरूको ज्ञानको दायरलाई अभिवृद्धि उदेश्यको साथ ब्रिटिस कलेजले महत्वपूर्ण साझेदारी गरेको हो । ई–वर्कस्ले सफ्टवेयर डेभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै आइरहेको छ । नवीन र उत्कृष्टता सेवा प्रदान गर्दै आइरहेको ई–वर्कस् विश्वभरका सेवाग्राहीहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने संस्था हो । बेलायतको लण्डनमा स्थापना भएको ई–वक्र्सले नेपालमा शाखा विस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीहरूलाई ग्लोबल एक्सपोजर दिनको लागि साझेदारीको घोषणा गरेको हो । ई–वर्कस्को कूल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुयटहरू हुन् । ई–वर्कस्जस्तो कम्पनीमा काम गर्ने अवसर प्राप्त गरेको कारण पनि टीबीसीका ग्राजुयटहरू कस्तो छन् भन्ने प्रमाणित भएको छ । साझेदारीसँगै कलेजका विद्यार्थीहरूले ई–वर्कस्मा इन्टर्नशिप गर्ने मौका समेत पाउनेछन् । यस अवसरले शैक्षिक क्षेत्रको उत्पादन र उद्योगको आवश्यकताबीचको ग्यापलाई पूरा गर्न मद्धत पु¥याउने कलेजको विश्वास छ । ‘यो साझेदारी हामीले गरेका प्रतिबद्धताहरू पूरा गर्न मात्र नभई विद्यार्थीहरूको भविष्य उज्वल बनाउनको लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले भने, ‘हाम्रो शैक्षिक उत्कृष्टतालाई अझै बढावा दिनई–वर्कस्जस्ता कम्पनीहरूसँग सहकार्य गरेर सूचनाप्रविधिको क्षेत्र र अर्थतन्त्रका लागि फाइदा पुग्ने गतिविधिहरू हामीले सञ्चालन गरिरहेका छौं ।’ त्यस्तै, अमेरिकामा पनि शाखा कार्यालय रहेको ई–वर्कस्का सिइओ जोन पार्कले भने, ‘ब्रिटिस कलेजका ग्राजुयटहरूसँग काम गरिहँदाको अनुभव राम्रो भइरहेको छ । यस औपचारिक साझेदारीले कलेजसँगको सम्बन्धलाई अझै गहिरो बनाउन र भविष्यका आइटी क्षेत्रका प्रतिभाहरूलाईअवसर प्रदान गर्ने बाटो खुलेको छ । हामी विश्वमा प्रचलित नवप्रवर्तन र नयाँ दृष्टिकोणबारे विद्यार्थीहरुले राख्ने धारणा बुझ्न उत्साहित छौं ।’ ब्रिटिस कलेजले ७० भन्दा बढी अग्रणी फिनटेक कम्पनीहरूसँग पार्टनरमा रहेर काम गर्दै आएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा सूचना–प्रविधि क्षेत्रले वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा १ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपाल सरकारले पनि सूचना प्रविधिको क्षेत्रलाई बढावा दिइरहेको बेला यस्ता सहकार्यले विशेष योगदान पु¥याउने कलेजको विश्वास छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार