कार्य सम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट तीनमा इलाम जिल्ला अदालत

शुक्रबार, २८ भदौ २०८१
इलाम : कार्य सम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट तीनमा इलाम जिल्ला अदालत परेको छ । गत आर्थिक वर्ष २०८०र०८१ को कार्यसम्पादनमा इलाम जिल्ला अदालत देशभरमा तेस्रो भएको हो । सर्वोच्च अदालतले कार्य सम्पादनका आधारमा गरेको मूल्याङ्कनमा देशका ७७ जिल्ला अदालतमध्ये इलाम तेस्रो बन्न सफल भएको जनाइएको छ । गत आवमा सङ्ख्याका आधारमा लक्ष्यनजिक पुगेको, ६७ प्रतिशत मुद्दा फर्स्योट भएको र दुई वर्षभन्दा बढी अवधिका मुद्दाको सङ्ख्या शून्य रहेको अदालतका सूचना अधिकारी अर्जुन राईले जानकारी दिए । न्याय सम्पादनमा उत्कृष्ट कार्य गरेवापत् सर्वोच्चको मूल्याङ्कनमा ७७ जिल्लामध्ये तेस्रो स्थानमा आउन सफल भएको राईको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार