भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता

शनिबार, २९ भदौ २०८१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिवार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरा सुन्दरी गाउँपालिका–६ ड्यामसाईडस्थित सुनकोसी नदीको किनारमा रहेको ढुङ्गाको कापमा शव फेला परेको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार गाडीमा सवार सुन्तली तामाङको शव फेला परेको हो । उनका ससुरा धनबहादुर तामाङले शवको सनाखत गरेका हुन् । उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन् । सिन्धुपाल्चोकस्थित बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रवार क्रेनको सहयोगमा गाडी निकालिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार