इटहरी : काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरोजप्रसाद गुरागाईँ आउने निश्चित भएको छ ।
वर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सञ्चार मन्त्रालयमा सरुवा भएसँगै उनको ठाउँमा सरकारले उद्योग मन्त्रालयका सहसचिव गुरागाईंलाई पठाएको हो ।
महानगरपालिको प्रमुख प्रशासकिय अधिकृतको रूपमा सरुवा भएका आउन लागेका गुरागाईँ यसअघि सिरहाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) थिए ।
उनले सुनसरीको इटहरी २० तरहरामा रहेको ग्रामीण उद्योग तथा विप्रेषण आयोजना (समृद्धि)को प्रमुखसमेत भएका थिए । उक्त समृद्धि कार्यालय उद्योग मन्त्रालय अन्तर्गतकै हो ।
हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिए । यसअघि महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका परियारको सरुवा भएसँगै अब काठमाडौँको प्रमुख प्रशासकीयमा गुरागाईँले सम्हाल्ने भएका छन् ।
गुरागाईंको महानगरमा काज सरुवा भएको हो । खासगरी महानगरका मेयर बालेन शाहले रुचाएका कारण गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा ल्याइएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया