सिन्धुपाल्चोक : भोटेकोसी नदीमा दुर्घटना भएको बोलेरो चालक तीन दिनपछि ओखलढुंगाको सुनकोसी गाउँपालिका १ स्थित खुजी नदीमा मृत भेटिएका छन् ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेकाअनुसार बा २० च २१८५ नं। को क्षतिग्रस्त जिपका मृत चालक भोटेकोसी गाउँपालिका ५ बस्ने ३८ वर्षीय सानु शेर्पा हुन् । उनलाई जिपबाट भोटेकोसीले बगाएको प्रहरीको प्रारम्भिक अनुमान गरेको थियो ।
सानुसहित बेपत्ता बाहृबिसे नगरपालिका ९ बस्ने ३५ वर्षीया सुन्तली तामाङको शव शनिबार सुनकोसी जलविद्युत्को ड्यामसाइड क्षेत्रको नदीमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार क्षतिग्रस्त जिपमा दुवै सवार थिए । दुवै फोन सम्पर्कमा नआएपछि प्रहरीले शंकास्पद स्थानमा खोजी थालेको थियो ।
प्रतिक्रिया