काठमाडौं : लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एक मात्र आधिकारिक वितरक एमट्रेड प्रा.लिले डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ । ब्राइटर विद लुमिनस नाम दिइएको उक्त कार्यक्रममा प्रा।लिका नेपालभर रहेका डिलर,प्रतिनिधि र लुमिनस इन्डियाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
डिलर मिट कार्यक्रममा लुमिनस इन्डियाका उपाध्यक्ष रेभानन्द अन्धले लगायत अन्य प्रतिनिधिहरूको उपस्थिति जनाएका थिए । कार्यक्रममा एमट्रेड प्रा।लिका सञ्चालन प्रमुख योगराज ढुगांनाले कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन् ।
पावर व्याकअप सोलुसन मार्फत नेपालमा योगदान पुर्याएको एक दशक पुरा भएकोमा सम्पूर्ण ग्राहक वर्ग, च्यानल पार्टनरहरू तथा एमट्रेड प्रा.लिका सञ्चालन प्रमुख ढुगांनाले आभार प्रकट गरेका थिए । उनले भने “यस प्रकारको साथ र सहयोगले हामीलाई थप जिम्मेवार बनाएको छ साथै अझै परिस्किृत ढङ्गले अघि बढ्ने हौसला मिलेको छ ।”
कार्यक्रममा लुमिनस ब्रान्डका उत्पादन तथा बजारको अवस्था एवम् आगामी रणनीतिका बारेमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा लक्की ड्र मार्फत एक जोडीलाई दुबई टुर प्याकेज पनि प्रदान गरिएको छ ।
डिलर मिट कार्यक्रमले लुमिनस ब्रान्डका व्यावसायिक साझेदारहरू बिचको सम्बन्धलाई अझ बढी आत्मीयता र बलियो सम्बन्ध बनाउन सफल भएको कम्पनीले विश्वास राखेको छ ।
प्रतिक्रिया