धनगढी मेयर हमालले किने स्काईवेलको ईटी–५ ईभी

बुधबार, ०२ असोज २०८१
काठमाडौं । नेपालका लागि स्काइवेल विधुतीय गाडीको आधिकारिक वितरक जी मोटर्स प्रालिले नेपालमा ४० भन्दा बढी ‘स्काइवेल ईटी ५’ बिक्री गरेको छ । नेपालमा ४० भन्दा बढी स्काइवेलका ईटी ५-६२० किलोमिटर प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेको कम्पनीले जनाएको छ ।नाडा अटो शोमा १२६ वटा बुकिङ भएकोमा त्यसमा थप गरी १५० भन्दा बढी गाडी बुकिङ भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ईटी ५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किलोमिटर रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागी उपलब्ध छन् । कम्पनीका अनुसार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि ६२० किलोमिटर रेन्ज दिने ‘स्काइवेल ईटी ५’ गाडी खरिद गरेका छन् । मेयर हमालले खरिद गरेका सो गाडी कम्पनीका प्रतिनिधिले धनगढीमै डेलिभरी गरिदिएको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिए । १९७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको ‘स्काइवेल ईटी ५’ ले नेपाली सडकमा सबैभन्दा बढी रेन्ज दिने विश्वासका साथ आफूले सो गाडी खरिद गरेको मेयर हमालको भनाइ उदृत गर्दै गेलालले बताएका छन् । आगामी दिनमा कम्पनीले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रीमियम ईभीले नेपाली बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास उनको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार