कार्यपालिका बैठक राख्न माग गर्दै एमाले अदालत पुगेपछि इटहरीका मेयरको प्रतिक्रिया – ‘सिगानेहरूलाई नेता बनाएपछि...’

सोमबार, ०७ असोज २०८१
इटहरी : इटहरी उपमहानगरपालिकाका कार्यपालिका सदस्यले बैठकको माग गर्दै अदालतमा परमादेश माग गरेपछि मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । मेयर पौडेलले कार्यपालिका बैठक नराखेको भन्दै उपमहानगरका जनप्रतिनिधिहरू परामादेश माग्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराएपछि उनी आक्रोशित बनेका हुन् । उनले सोमबार साँझ आफ्नो आधिकारिक फेसबुक आइडीमार्फत प्रतिक्रिया दिदैँ ‘सिगानेलाई नेता बनाएकाले यो हविगत भएको’ भन्दै आक्रोश पोखेका हुन् । ‘सस्तो नारा पनि निल्नु न ओकल्नु भयो इटहरीमा । अब म चकलेट बोकेर हिँड्नु, गोजीमा ?,’ उनले भनेका छन्, ‘नेतृत्वमा परिपक्कता हुन जरुरी छ । सिगानेहरूलाई नेता बनाएपछि मुलुकको प्रमुख राजनीतिक दलको हविगत हुनेरहेछ ।’ उनले यस्तै चरित्रका पात्रले इटहरीबासीमा निराशा छाएकोसमेत उल्लेख गरेका छन् । इटहरीमा एमालेबाट निर्वाचित १५ जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले यसअघि कार्यपालिका बैठक राख्न परामादेश माग्दै उच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार