होलीमा निशान संग नाच्यो तरहरा

मंगलबार, २३ फागुन २०७९
इटहरी । तरहरा जेसीजले होली मिलन कार्यक्रमको आयोजना गरेको छ । आज इटहरी २० तरहरामा आयोजना गरिएको होली मिलन कार्यक्रममा सयौँको संख्यामा दर्शकहरूले मनोरञ्जन गरेका थिए । कार्यक्रममा गायक निशान भट्रराईले आफ्ना आधा दर्जन बढी गीतहरू गाएका थिए । उनले गीत गाउँदा उपस्थित दर्शकहरूले नाचगान गर्दै मनोरञ्जन लिए । साथै, कार्यक्रममा डीजे एजुशको पनि प्रस्तुति रहेको थियो । तरहरा जेसीज वर्ष २०२३ का अध्यक्ष बहादुर तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष महेश पौडेल प्रमुख अतिथि थिए । कार्यक्रम संयोजक तथा तरहरा जेसीजका उपाध्यक्ष रोशन भुजेलका अनुसार अघिल्ला वर्षमा पनि जेसीजले होली मिलन कार्यक्रम आयोजना गरेकाले यस वर्ष पनि आयोजना गरिएको हो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार