पाँचथर: फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ पक्राउ परेका छन् ।
बिहीबार साँझ पक्राउ परेका अध्यक्ष गुरुङ विरुद्ध प्रहरीले शुक्रवार जिल्ला प्रशासन कार्यालय पाँचथरमा अभद्र व्यवहार विरुद्ध दर्ता गराएको छ ।
अध्यक्ष गुरुङले बिहीबार साँझ सशस्त्र प्रहरी बल ९हिमशिखर गुल्म०का प्रहरी नायव उपरीक्षक कुमार बराल माथि अभद्र व्यवहार गरेको अभियोग लागेको छ ।
गुरुङ फिदिम ४ स्थित आफ्नै घरबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेका गुरुङलाई रिहा गर्न माग गर्दै समर्थकहरूले शुक्रवार अपराह्न फिदिम बजारमा ¥रयाली निकालेका छन् ।
गुरुङ विरुद्ध तीन दिनको म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।
प्रतिक्रिया