लामिछाने कास्की प्रहरीकाे हिरासतमा, भोली मात्र अदालत हाजिर गराइने

शनिबार, ०३ कार्तिक २०८१
काठमाडौँ : पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रवार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । स्वास्थ्य परीक्षण पछि लामिछाने सहितको टोलीलाई कास्की प्रहरीले आइतबार मात्र अदालतमा हाजिरी गराउने जनाएको हो । शनिवार अदालत बिदाका कारण एक दिन कास्की प्रहरीकै हिरासतमा राखिने भएको हो । देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष थियो । लामिछानेसँगै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार