रविको बयान लिन आलटाल गरेर हिरासत बसाई लम्ब्याउन खोजेको रास्वपाको आरोप

विहीबार, ०८ कार्तिक २०८१
कास्की । रवि लामिछानेसँग समयमै बयान नलिएर सरकारले हिरासत बसाइ लम्ब्याउन खोजेको आरोप रास्वपाले लगाएको छ । रास्वपाका वरिष्ठ उपाध्यक्ष तथा सांसद डा. स्वर्णिम वाग्लेले यस्तो आरोप लगाएका हुन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको विषयमा आज कास्की जिल्ला अदालतमा म्याद थपबारे बहस हुँदैछ । लामिछानेलाई म्याद थप गर्न अदालत लैजानुअघि वाग्लेले यस्तो टिप्प्णी गरेका हुन् । उनले अदालतको सम्मानमा आज पोखरामा हुने आन्दोलन शान्तिपूर्ण र सांकेतिक हुने पनि जानकारी दिएका छन् । उनले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नै साँधिएको बुधवार साँझबाट पुष्टि भएको बताए । हिरासतमा राखेको १२५ घण्टामा ४, ५ घण्टा मात्रै बयान लिने र आलटाल गर्ने कुराले यसलाई पुष्टि गरेको उनको भनाई छ । उनले भने, ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो हिजो साँझबाट त्यसको पुष्टि भएको छ । शुक्रवार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०–११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ । त्यो समयमा ४–५ घण्टा मात्रै बयान लिइएको छ । आलटाल गर्ने । के उहाँलाई दालभात खुवाउन ल्याएको हो ? राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउने बताएको छ । पत्रकार सम्मेलन गर्दै रास्वपाका नेता हरि ढकालले सहकारीको मुद्दा निरन्तर उठाउने बताएका हुन् । पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले संयमित भएर रास्वपाले प्रदर्शन गरिरहेको बताए । उनले रास्वपाको प्रदर्शनमा एउटा बिरुवा पनि नकुल्चेर प्रदर्शन भन्दै कोही प्रदर्शनका क्रममा कोही घाइते समेत नभएको भन्दै सहकारी पीडितहरूलाई काँग्रेस एमालेको भर नपर्न आग्रह गरे । प्रवक्ता झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको समेत दावी गरे । ‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो’, उनले थपे, ‘राजनीतिक प्रतिशोध छ म प्रमाणित गर्न सक्छु ।’ सहकारीको पैसा अरू मिडियामा आउँदा तिनको नाम नआउने तर गोरखा मिडियामा आउँदा रवि लामिछानेलाई मात्र थुन्ने गरेको भन्दै राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवर समेत मुछिएको अवस्थामा उनलाई कुनै कारबाही नगरेको बताए । सहकारी पीडितको ८७ अर्बको कुरा गर्दा ६५ करोडको मात्रै कुरा निकाल्ने र एउटै बोर्डमा भएको कोही राष्ट्रपतिको सल्लाहकार हुने कोहीलाई थुन्ने कुराले नै पूर्वाग्रह पुष्टि भएको झाको दाबी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार