‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ बन्यो विश्वकै उत्कृष्ट चलचित्र

सोमबार, २९ फागुन २०७९
काठमाडौँ । ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ । यही फिल्मबाट मिसेल योहले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी हुन् । उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' बाटै के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका हुन् ।यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्टले पाएका छन् । फिल्मले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ । एडवर्ड बर्गर निर्देशित 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट' ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ । प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले पाएको छ । एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत 'नाटु नाटु' ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ । यस्तै, एनिमेटेड फिचर फिल्मका लागि 'गुईलेर्मो डेल ट्रोज पिनोकियो' ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड 'नाभल्नी' र डकुमेन्ट्री सर्टको अवार्ड 'द एलिफेन्ट विस्परर्स'ले पाएको छ । हेयरएन्ड मेकअप स्टाइलिङको अवार्ड 'द ह्वेल' ले पाएको छ । 'द ह्वेल' बाटै ब्रेन्डन फ्रेसरले उत्कृष्ट अभिनेताको अवार्ड उचाले । सर्ट फिल्म (एनिमेटेड)को अवार्ड 'द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स' र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई'ले पाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार