दुर्घटनामा परि इटहरी उपमहानगरपालिकामा कार्यरत इन्जिनियरको मृत्यु

शुक्रबार, १६ कार्तिक २०८१
इटहरी  : इटहरी उपमहानगरपालिकामा कार्यरत इन्जिनियरको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । इटहरी उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर इटहरी १३ निवासी ज्योतिनारायण चौधरीको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ । गत कार्तिक १३ गते दुर्घटनामा परि सख्त घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । मृतक चौधरीको आजै इटहरी स्थित बुढिगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार