भाइटीकाको दिन यस्तो छ मौसम

शनिबार, १७ कार्तिक २०८१
काठमाडौँ : भाइटीकाका दिन आइतबार कात्तिक १८ गते पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै हिमाली भू‍भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार