एअर एसियाको बैंकक-भैरहवा उडान सुरु

आइतबार, १८ कार्तिक २०८१
रुपन्देही- लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंकक-भैरहवा-बैंकक उडान आजबाट सुरु भएको छ । नागरीक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस अवतरण गरेको हो । प्राधिकरण भैरहवा कार्यालयका निमिक्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा बिमानका चालकदलका ७ सदस्यहरु मात्रै आएका थिए । उहाँले यो तालिका अनुसारकै फ्लाईट भएको बताउनु भयो । अर्को उडान अब कार्तिक २३ गते शुक्रवार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने बिमानस्थलले जनाएको छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहिबार देखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो सवा १२ बजे आउने निमिक्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिनुभयो । थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा तथा काठमाण्डौ उडान शुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार