अर्घाखाँचीमा देउसी खेलिरहेको स्थानमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३३ घाइते (घाइतेको विवरण सहित)

सोमबार, १९ कार्तिक २०८१
बुटवल : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या ३३ पुगेको छ । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो । बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । घाइते मध्य १० जनालाई थप उपचारका लागि बुटवल पठाइएको डिएसपी मल्लले बताए । एक जना भने डिस्चार्ज भएका छन् । घाइते र मृतकहरुको विवरण १:जिल्ला अर्घाखाँची भुमिकास्थान न-पा.६ फुलबारी बस्ने बर्ष २२ कि तारा श्रेष्ठ (१८.३० मा मृत घोषण) २:ऐ.ऐ. खिल्जी बस्ने बर्ष ३८ कि यमुना थापा ३:ऐ.ऐ बस्ने बर्ष १२ की रोजिना परियार ४:ऐ.ऐ खसुरकोट बस्ने बर्ष ९ कि अन्सिला सुनार ५:ऐ.ऐ खिल्जी बस्ने बर्ष १८ कि बिन्दु परियार ६:ऐ.ऐ.बस्ने बर्ष ४१ कि ईश्वरी गैरे भुषाल ७:  बर्ष १८ की सर्मिला मुखिया ८:  बर्ष १२ कि जुना परियार ९ : खमारीबास बस्ने बर्ष ३८ कि जुना थापा १०:  बर्ष ७२ को प्रेम बहादुर श्रेष्ठ ११: असुरकोट बस्ने बर्ष ३४ को नवराज श्रेष्ट १२:  बस्ने बर्ष ४९ की शुस्मा घर्ति १३: बस्ने बर्ष ५ को रबिन्द्र श्रेष्ट १४: खिल्जी बस्ने बर्ष २९ को गोपाल थापा १५: बस्ने बर्ष २६ को जिवन घर्ति १६: माछामारे बस्ने बर्ष २१ की वबिता पुन १७:  नुवाकोट बस्ने बर्ष ४४ की रुपा श्रेष्ट १८: सन्धिखर्क न.पा २ भक्तिटोला बस्ने बर्ष २४ कि गिता भाट, बुटवल रिफर । १९: जिल्ला प्युठान ऐरावती गा.पा.९ बिजुली बस्ने बर्ष १७ कि विमला नेपाली २०: बर्ष ६० की सुमित्रा थापा २१:जिल्ला प्युठान मलारानी गा.पा २ खैरेनीडाँडा बस्ने बर्ष २२ को विक्रम पुन २२:  बर्ष १७ को पर्वत राना २३ : बर्ष ६० कि उमकला पुलामी मगर २४:  बस्ने बर्ष २९ को बिष्णु बन्जाडे २५: जिल्ला प्युठान ऐरावती गा.पा ६ सिमलचौर बस्ने बर्ष ४० की सिता नेपाली २६ : खिल्जी बस्ने बर्ष ११ को अनुपा खण्नडी २७: असुरकोट बस्ने बर्ष ६० की पवित्रा घर्ति मगर २८: ११ की आईस्मा पुलामीको खुट्टामा चोट अबस्था २९:जिल्ला प्युठान मललरानी गा।पा २ खरेनीडाँडा बस्ने बर्ष १९ को नविन पुन ३०:  बर्ष २० को हिमाल पौडेल ३१ : बर्ष २२ को श्रीधर केसी ३२: खिल्जी बस्ने बर्ष ३५ को प्रकाश बेल्बासे ३३: ३३.ऐ.ऐ बस्ने बर्ष १८ की बिन्दु परियार ३४.ऐ.ऐ बस्ने बर्ष १८ की स्मृति बेल्बासे ३५.ऐ ४ फलामखिल्जी बस्ने बर्ष ३१को रवि रेस्मी ३६ :जिल्ला प्युठान मलारानी गा.प २ चुजाँठाटी. बस्ने बर्ष १८ को बविन राना ३७:भु.न.पा २ ढाकावाँङ बस्ने बर्ष ७० की रुनी खनालको घटनास्थलमा मृत्यु  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार