आगोमा जलेका राई को निधन

विहीबार, २२ कार्तिक २०८१
पाँचथर : घरमा आगलागी हुदा सदरमुकाम फिदिम नगरपालिका २ का जयप्रकाश राई को निधन भएको छ । मङ्गलवार अपराह्न फिदिम २ सामदिन स्थित आफ्नै घरमा गम्भीर घाइते भएका राई को उपचारका क्रममा गए राती कीर्तिपुर बर्न अस्पतालमा निधन भएको हो । घरमा अचानक आगो सल्केपछि सामान झिक्ने क्रममा जलेर गम्भीर घाइते भएका राईलाई फिदिम स्थित गणेशमानसिंह सामुदायिक अस्पतालबाट झापाको बि.एन्ड.सी अस्पताल हुँदै बुधवार दिउसो कीर्तिपुर बर्न अस्पतालमा पु¥याइएको थियो । उपचारकै क्रममा राती करिब एक बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राई को घरमा आगलागी हुँदा घर सहित करोडौँ रुपैंयाको क्षति भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार