अंश दिन नमानेपछि छोराले गरे हँसिया प्रहारबाट बाबुको हत्या

आइतबार, २५ कार्तिक २०८१
काभ्रे : अंश दिन नमानेको भन्दै छोराले बाबुको हत्या गरेका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ७ धारापानी स्थित पुजारी थुम्का बस्ने ७४ वर्षीय बलबहादुर श्रेष्ठलाई उनकै छोरा ४४ वर्षीय रामलाल श्रेष्ठले हँसिया प्रहार गरी हत्या गरेका हुन् । बाबुको हत्या गरी फरार रहेका श्रेष्ठलाई प्रहरीले उनको घर नजिकै रहेको ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरेको थियो । उनीविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर गोलेले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार