काठमाडौ । सुनसरीको इटहरीकी गायिका गंगा बिष्ट गायन क्षेत्रमा निकै ब्यस्त बन्दै गएकी छन् ।
कठिन संघर्षमा यस क्षेत्रलाई निरन्तरता दिँदै आएकी उनको अहिले डा. नवराज लम्सालले रचना गरेको ‘मै राम्री’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीत स्रोतमाझ लोकप्रिय बनिरहेको छ । गीतले गंगालाई अझ बढी चिनाउन सहयोग पुर्याइरहेको छ ।
झण्डै आधा दर्जन गीत गाएर स्रोतामाझ परिचित बनेकी उनको अहिले बाबुल गिरीको संगीतमा ‘फूल राम्री, फूलभन्दा म राम्री, कोही भन्दैन किन हो नराम्री’ बोलको गीत सार्वजानिक भएको हो ।
गंगाले मोहर पैसा ‘दसैंमा जमरा’, ‘के छ खबर’ जस्ता गीतहरु यसअघि नै बजारमा ल्याइसकेकी छन् । भर्खरै रिलिज यो गीतको म्युजिक भिडियो निर्वाणा प्लसको युट्युब च्यानलबाट रिलिज भएको छ ।
भिडियोमा कलाकार समियाले आफूलाई मै राम्री भनेर भनेता पनि जोनले वास्ता नगर्दा समियाबाट हुने प्रतिक्रियालाई निर्देशकले गज्जबले प्रस्तुत गरेका छन् ।
मुक्तिनाथ टिमको निर्देशनमा बनेको म्युजिक भिडियोमा जोन बम समिया कार्कीको अभिनय देख्न पाइन्छ ।
म्युजिक भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका छन् भने सन्देश रिमालको कोरियोग्राफी र बिष्णु खड्काको सम्पादन छ ।
गीतको म्युजिक भिडियो निर्वाणा प्लसको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
इटहरीको निशान्त संगीत विद्यालयमा संगीतसम्बन्धी कौशल सिकेर आफनो व्यावसायिक गायन क्षेत्रमा प्रबेश गरेकी उनी हाल काठमाडौंको डिल्लीबजारमा रहेको संगीत पाठशालामा गुरु चण्डिप्रसाद काफ्लेबाट संगीत सिकिरहेकी छन् ।
https://www.youtube.com/watch?v=R9A8mCi2jcY&feature=youtu.be
प्रतिक्रिया