मोरङमा छोरा–बुहारीको झगडा छुट्याउने क्रममा वृद्ध घाइते

बुधबार, २८ कार्तिक २०८१
विराटनगर : मोरङमा छोरा–बुहारीको झगडा छुट्याउने क्रममा एक जना वृद्ध घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीकाअनुसार लेटाङ नगरपालिका–६ कपासेका ३४ वर्षीय कुलचन्द धिमाल र पत्नी २७ वर्षीया सीता विष्टबीच मंगलबार राति ११ बजेतिर झगडा भएको थियो । घरायसी विवादमा छोरा–बुहारीको झगडा परेपछि कुलचन्दका बुबा ६४ वर्षीय गुरुराज धिमाल छुट्याउन गएका थिए । छोरा बुहारीको झगडा छुट्याउने क्रममा टाउकोमा चोट लागेर गुरुराज घाइते भएको डीएसपी जोशीले जानकारी दिए । उनका अनुसार घाइते भएपछि उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको छ । घटनापछि कुलचन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार