उदयपुर : उदयपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–१ कोर्सेस्थित भित्री सडक खण्डमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर सडकबाट अन्दाजी ५० मिटरजति तल झर्दा चालक भोजपुरको हतुवागढी गाउँपालिका–२ का अन्दाजी १९ वर्षीय निरज मगरको मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।
कोर्सेबाट ताप्लीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ त ९६१ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उनका अनुसार दुर्घटनामा परेर सहचालक उदयपुरको ताप्ली गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय रमेश श्रेष्ठ गम्भीर घायते भएका छन् ।
उनलाई उपचारका लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया