सामुदायीक विद्यालयको स्तरोन्नतीका लागि उपमहानगर सकारात्मक छ-नगरप्रमुख पौडेल

मंगलबार, १३ मंसिर २०७९
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले सामुदायीक विद्यालयहरुको स्तरोन्नतीका लागि उपमहानगर सकारात्मक रहेको बताएका छन् । इटहरी १ आपगाछीको राष्ट्रिय माध्यमिक विद्यालयको ६७ औ बार्षिक उत्सवको कार्यक्रममा बोल्दै मेयर पौडेलले यस्तो बताएका हुन् । इटहरी उपमहानगरपालीकाले सामुदायिक विद्यालयको समस्या हल गर्नका लागि कार्ययोजना बनाएको प्रमुख पौडेलको भनाइ थियो । उनले उपमहानगरले नगर भित्र पर्ने सामुदायिक बिद्यालयको सेवा सुविधा र गुणस्तर वृद्दि गर्नका निम्ति बजेट विनियोजन गरीएको समेत बताए । एसियाली विकास बैकले इटहरीको वाढी नियन्त्रणको लागि साढे ५ अर्ब लगानी गर्ने र इटहरीमा आधुनिक अस्पतालको सुरुवात भईसकेको समेत मेयर पौडेलको भनाइ थियो । इटहरीले बर्षौ देखि पूरा गर्न नसकेको आधारभुत कुराहरु आफ्नो नेतृत्वमा पूरा गर्ने मेयर पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार