इलाम : नेकपा एमाले इलामको जिल्ला कमिटी अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन् ।
गए राती सम्पन्न निर्वाचनमा ३८१ मत प्राप्त गर्दै बराल विजयी भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्याशी नरेन्द्रनाथ भट्टराईले १९५ मत प्राप्त गरे ।
बराल यसअघि अधिवेशन आयोजक कमिटीका अध्यक्ष पनि थिए । राती सम्पन्न ११ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा उदयबहादुर राई निर्वाचित भएको छन् । उपाध्यक्षका अन्य उम्मेदवार उमेश गुरुङले १८४ मत र बुद्धिप्रसाद खनालले १३७ मत प्राप्त गरेका छन् ।
सचिव पदमा भएका निर्वाचनमा रवीन्द्र सुवेदीले २९२ मत प्राप्त गर्दै विजयी भएका छन् । सचिव पदका अर्का उम्मेदवार प्रकाश अधिकारीले २६८ मत प्राप्त गरेका छन् ।
दुई उप–सचिव पदमा रमेश राईले १७९ मत र दिलु लावतीले ३०९ मत प्राप्त गर्दै विजयी भएका छन् ।
प्रतिक्रिया