झापा : छिमेकीको भान्सा कोठा जोगाउन खोज्दा जंगली हात्तीको आक्रमणबाट आइतबार (आज) बिहान झापामा एक जना पुरुषको मृत्यु भएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले दमक नगरपालिका–३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीलाई बिहानका राति २ बजेतिर हात्तीले आक्रमण गरेको बताए ।
जंगलबाट आएको हात्तीले छिमेकी सुविन भट्टराईको भान्सा कोठा भत्काउन खोजेको थियो ।
भान्सा कोठा भत्काउन लाग्दा भण्डारीले हात्ती धपाउन खोजेका थिए । त्यही हात्तीले लछारपछार पार्दै सय मिटर पर पुर्याएर उचालेर पछार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया