‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना, ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

आइतबार, ०२ मंसिर २०८१
झापा : झापाको बिर्तामोड नगरपालिका–२ स्थित राम चोकमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई साँझ ६ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक शिवसताक्षी नगरपालिका–७ की २२ वर्षीया रोजी कटुवाल र पछाडि सवार सवार २८ वर्षीया सरीता उराउ घाइते भएका थिए । बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचारको क्रममा कटुवालको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुृमार चन्दले जानकारी दिए । उनका अनुसार स्कुटरको पछाडि सवार उराउको अवस्था सामान्य छ । ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्रक र चालक झापाको अर्जुनधारा नगरपालिका–९ का ५२ वर्षीय राजकुमार कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार