ब्यारेकमै बेहोस भएका प्रहरी हवल्दारको मृत्यु

आइतबार, ०२ मंसिर २०८१
विराटनगर । विराटनगरको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी हवल्दारको मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका–३ घर भएका हवल्दार ३७ वर्षीय उमेशकुमार मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार भोजपुरको इलाका प्रहरी कार्यालय बालंखा दरबन्दी भएका मण्डल इलाका प्रहरी कार्यालय रानीको अपराध अनुसन्धान शाखामा कार्यरत थिए । ब्यारेकमै सुतिरहेका बेला उनी गत कात्तिक २५ गते राति साढे १० बजेतिर अचानक बेहोस भए । बेहोस हुनसाथ उपचारका लागि विराट नर्सिङ होम ल्याइएको थियो । उपचारका क्रममा ६ दिन पनि शनिबार राति ९ बजेतिर मृत्यु भएको डीएसपी जोशीले बताए । उच्च रक्तचापले उनको मृत्यु भएको जानकारी अस्पतालले प्रहरीलाई दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार