चलचित्र संघ नेतृत्वका लागि मोहन निरौलाको प्यानल घोषणा

विहीबार, ०२ चैत्र २०७९
काठमाडौं । नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवमा सविन श्रेष्ठ छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् । सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् । अध्यक्ष पदका उम्मेदवार निरौलाले कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई आफ्नो एजेण्डा बनाएका छन् । कार्यक्रममा बोल्दै उम्मेदवार निरौलाले लैंगिक तथा यौन हिंसाबिरुद्ध शून्य सहनशीलताको नीति लिने, मातृभाषी चलचित्रका कलाकारलाई संघमा आवद्ध गराउने नीति लिने बताए । कलाकार संघको अध्यक्षमा बुधवार रेजिना उप्रेतीले पनि प्यानल घोषणा गरेकी छन् । कलाकार संघको नेतृत्वका लागि शनिवार चुनाव हुँदैछ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार