सिकैचामा वडाध्यक्षका लागि पाँचजनाको अन्तिम नामावली प्रकाशन, कसैले गरेनन् उम्मेदवारी फिर्ता

बुधबार, ०५ मंसिर २०८१
ताप्लेजुङ : सिरिजङगा गाउँपालिका वडा नं. ३ सिकैचाको वडाध्यक्षका लागि पाँचजनाको अन्तिम नामावली प्रकाशन भएको छ । उम्मेदवारी दिएका कसैले उम्मेद्धारी फिर्ता नगरेपछि अन्तिम नामावली प्रकाशन भएको हो । उम्मेदवारी फिर्ता लिने बुधवार १ बजेसम्ममा कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विकास श्रेष्ठले जानकारी दिए । कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि अब मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू, नेकपा एमालेबाट कुमारी साउदेन, नेकपा (माओवादी केन्द्र)बाट अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बूले उम्मेद्धारी दिएका छन् । सो क्षेत्रमा यसअघिका वडाध्यक्ष दिलप्रसाद बोखिम वैदेशिक रोजगारीका लागि हङकङ गएर नफर्किएपछि आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा पाँचजनाको उम्मेदवारी दर्ता भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार