इलाम : इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
आज (बुधबार)दिउँसो माइजोगमाई–१, लप्सीबोटेमा नयाँबजारबाट जोगमाई खोलातर्फ गइरहेको प्रदेश १–०१–००१–९९५२ को ट्याक्टर दुर्घटना भएको हो ।
ट्रली पल्टिएर भएको दुर्घटनामा माइजोगमाई–३, गुप्तीका योगेन्द्र पाठक, रविन काफ्ले र लालीखर्कका गिरिराज श्रेष्ठ घाइते भए । घाइतेमध्ये गिरिराज गम्भीर छन् भने अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई थप उपचारका लागि झापातर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया