मोरङको पथरीमा दुर्घटना अपडेट : मृत्यु हुने युवक धरानका टार्जन राई

सोमबार, १० मंसिर २०८१
मोरङ : मोरङको पथरीमा लहरीको ठक्करबाट मृत्यु हुने युवकको पहिचान खुलेको छ । सोमबार बेलुका ७ बजेतिर पथरीशनिश्चरे नगरपालिका १ पश्चिम बस स्टेण्ड नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले पूर्वतर्फ नै जाँदै गरेको प्र–१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको थियो । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–११ का अन्दाजी २० वर्षीय टार्जन राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले लहरी र चालक भारतको उत्तर प्रदेश मिर्जयापुर बस्ने ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो पनि – मोरङको पथरीमा लहरीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार