भक्तपुर : मध्यपुरथिमि नगरपालिका- ३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
यहाँबाट काठमाडौँतर्फ गइरहेको ट्रकले स्कूटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका- ५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ ।
घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका- ४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया