सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

शुक्रबार, १४ मंसिर २०८१
काठमाडौँ : शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार  सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको  थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार