श्रीलंका टप्पुका विद्यार्थीलाई बालविवाह सम्बन्धी सचेतना

शुक्रबार, १४ मंसिर २०८१
बराहक्षेत्र : सिमान्तकृत समुदायका विद्यार्थीहरू अध्ययनरत रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बालविवाह सम्बन्धी सचेतना गरिएको छ । लैगिक हिंसाविरूद्व १६ दिने अभियान–२०८१ अन्तर्गत बालविवाहविरूद्व सचेतना कार्यक्रम गरिएको हो । विद्यार्थीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकाश राईले बालविवह सम्बन्धी कानुनी कारबाहीबारे र बालविवाहको असरबारे सहजीकरण गरेका थिए । साथै सोही कार्यक्रमको अवसर पारेर बराहक्षेत्र नगरपालिका वडा नं. ६ कोशीपारीस्थित गरैया टप्पुमा रहेको विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई नगरपालिकाले टाई र बेल्ट वितरण गरेको छ । विद्यालयका प्रध्यानाध्यापक रामकुमार मण्डल अनुसार विद्यार्थीसँग नगर प्रमुखको अन्तरर्क्रिया कार्यक्रममार्फत टाई र बेल्ट विद्यार्थीहरूलाई प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख रमेश कार्कीलाई विद्यार्थीहरूले जिज्ञासासमेत राखेका थिए । कार्यक्रममा नगर प्रमुख कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, वडा नं. ६ का सदस्य दुर्गा राई, लेखा अधिकृत वीरेन्द्र यादव, प्रशासन प्रमुख राजकुमार गौतम, जिन्सी प्रमुख मनोरथ पोखरेल, महिला सरोकार समाज वराहक्षेत्रकी अध्यक्ष कमला थापा, पारालिगल बराहक्षेत्रका अध्यक्ष मुना अधिकारी, प्रहरीहरू, ओरेक नेपालका प्रतिनिधिलगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार