ग्रामथान उपनिर्वाचन: ४५ प्रतिशत मत खस्याे

आइतबार, १६ मंसिर २०८१
विराटनगर :  माेरङकाे ग्रामथान गाउँपालिकाकाे  उपनिर्वाचनमा अहिलेसम्म ११ हजार ६ सय २८ मत खसेकाे छ । याे कुल मतदाताकाे करिब ४५ प्रतिशत हाे । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ११ हजार ६ सय २८ मत अर्थात करिब ४५ प्रतिशत मत खसेकाे हाे । ५ हजार ८ सय २९ र पुरुष ५  हजार ७ सय ९९ जनाले मतदान गरेका छन् । ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेकाे ग्रामथानमा १२ मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार