ग्रामथानमा ४ बजेसम्म ७० प्रतिशत मत खस्यो

आइतबार, १६ मंसिर २०८१
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा दिउँसो ४ बजेसम्म ७० प्रतिशत मत खसेको छ । जम्मा २६ हजार ४४ मतदाता रहेकामा १८ हजार १८ जनाले मतदान गरिसकेका हुन् । हालसम्म मतदान गर्नेमा ९ हजार ४ सय ६० महिला र ८ हजार ५ सय ५८ पुरुष छन् । यो तथ्यांक दिउँसो ४ बजेसम्मको हो । अझै पनि मतदाताहरु मत खसाल्न लाइनमा बसिरहेका छन् । मतदान गर्ने समय साँझ ५ बजेसम्म हो । पालिका अध्यक्ष चयनका लागि ग्रामथानमा उपनिर्वाचन भरहेको हो । यसअघि २०७९ सालमा निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार