विराटनगर : मोरङ र उदयपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार दिउँसो मोरङको बेलबारीमा ट्याक्टर र उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थान कार्यालय इटहरीका अनुसार बेलबारी नगरपालिका–८ स्थित यमआई क्रसर उद्योगबाट सिलिङकन (सडक निर्माणमा प्रयोग हुने मसिनो गिट्टी) लोड गरेर बाहिर निस्किने क्रममा को २ त ७५४८ नम्बरको ट्याक्टर दिउँसो ३ः१५ बजेतिर दुर्घटनामा परेको थियो ।
इन्जिनको भाग अगाडि उठेर ट्याक्टर अचानक पल्टिएर दुर्घटना हुँदा चालक सुन्दरहरैँचा नगरपालिका–७ गछियाका २५ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका तामाङको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा साँझ ५ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए ।
त्यस्तै, मदन भण्डारी राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–९ गैरुनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गाईघाटबाट राजावासतर्फ जाँदै गरेको स ८ प ६६९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दिउँसो ३ः२० बजेतिर दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर चालक उदयपुरको त्रियुगा–५ देउरीका अन्दाजी ३५ वर्षीय इन्द्रदेव चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उपचारकै क्रममा दिउँसो ४ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया