मोरङ : पूर्वाञ्चल विश्वविद्यालय मोरङ जनस्वास्थ्य सङ्कायका विद्यार्थीहरूद्वारा विश्व एड्स दिवसको अवसर पारेर जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् ।
मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने सन्देशका साथ जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।
मानिसले सही बाटो लिनुपर्ने भन्दै जनचेतना गरिएको विद्यार्थीहरूले जनाएका छन् । दिवसको अवसरमा मोरङको सलकपुरदेखि विराट चोकसम्म र्याली कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त र्याली सुन्दरहरैँचा नगरपालिकाको गेट अगाडि पुगेर समापन भएको थियो । र्यालीमा विद्यार्थीहरूसहित स्थानीयहरू पनि सहभागी थिए ।
आइतबार ३७ औँ विश्व एड्स दिवसको अवसर पारेर विभिन्न ठाउँमा प्रभातफेरीसहित सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
प्रतिक्रिया