त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एक महिला पक्राउ

आइतबार, १६ मंसिर २०८१
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ७ किलो कोकिनसहित एक महिलालाई पक्राउ गरिएको छ । आइतबार साँझ सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा वेश र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजाँचको क्रममा ६ किलो ८ सय ४० ग्राम कोकिन बरामद गरिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी थिए । उनका अनुसार उक्त कोकिन हाते ब्यागमा लुकाएर ल्याउने केन्याली महिला चिलियन केरुबो ओगिटोलाई पक्राउ गरिएको छ । कतार एयरवेजबाट आएकी उनलाई थप अनुसन्धान र कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार