विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एमालेका रेवतीरमण भण्डारीलाई नियुक्त गर्ने तयारी गरिएको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भण्डारीलाई नियुक्त गर्न लागेका हुन् ।
कोशी प्रदेश सभामा नेकपा एमालेको प्रमुख सचेतक रहेका भण्डारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्नंं लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारीको अहिले साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ।
नेकपा एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका लिलाबल्लभ अधिकारी जापान जाने विषयमा विवादित भएपछि राजीनामा दिएका थिए ।
अधिकारीले राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन बनेको थियाे ।
प्रतिक्रिया