झापामा फलामको चेनगेटले किचेर एक बालकको मृत्यु

सोमबार, १७ मंसिर २०८१
झापा : झापामा फलामको चेनगेटले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका ८ घर भई हाल बिर्तामोड नगरपालिका १ बुद्धचोकमा कोठाभाडामा बस्दै आएका राजकुमार राईका अन्दाजी ३ वर्षीय छोरा दिवाहाङ राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मंसिर १३ गते साँझ ७ बजेको समयमा चेनगेटमा खेल्ने क्रममा बालक राई घाइते भएका थिए। घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।  त्यहाँबाट बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । बालकको बीएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार (आज) मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार