काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
अस्पताल स्रोतका अनुसार उनलाई भर्ना गरेर शल्यक्रिया सुरु गरिएको छ । पूर्वतयारी भए अनुसार नै आज भर्ना गरेर शल्यक्रियाको प्रक्रिया अघि बढाइएको हो ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया