इलाम : रोङ ६ स्थित पर्यटकीय स्थल झण्डी डाँडाको पर्यटन प्रवर्दन गर्ने उदेश्यले समिति गठन गरिएको छ ।
६ नम्बर वडा कार्यालयद्वारा आयोजित एक भेलाले स्थानीय अगुवा डम्बरबहादुर राईको अध्यक्षतामा झण्डी डाँडा पर्यटन प्रवर्धन तथा व्यवस्थापन समिति गठन गरिएको हो ।
नव गठित समितिको सदस्य सचिवमा रञ्जित राई, वडा प्रतिनिधि जीवन राई, उद्योग वाणिज्य संघ प्रतिनिधि जीवन प्रधान, स्वयंसेविका प्रतिनिधि डुकिमाया प्रधान राई, सामुदायिक वन प्रतिनिधि प्रेमकुमारी खड्कालाई चयन गरिएको छ ।
समितिले झण्डी डाँडा पर्यटनको प्रवर्दन र विकास, चेतना विकास, पर्यापर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटन लगायतलाई अगाडि बढाउन दर्ता प्रक्रिया अगाडि बढाउने सदस्य सचिव राईले जनकारी दिए ।
प्रतिक्रिया