हत्या मुद्दामा सर्वोच्चले कैद सुनाएपछि भागेकी प्रतिवादी १५ वर्षपछि पक्राउ

विहीबार, २० मंसिर २०८१
काठमाडौँ : कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ साल भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो । दोलखाको वैतेश्वर गाउँपालिका–१ बस्ने ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार