धनकुटा : जबरजस्ती करणीको मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले १३ वर्ष ७ महिनापछि पक्राउ गरेको छ ।
प्रहरीले धनकुटा नगरपालिका ६ का ३६ वर्षीय सर्वण नेवाः खड्गीलाई बिहीबार पक्राउ गरेको हो ।
उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले २०६८ वैशाख २५ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । उनलाई धरान उपमहानगरपालिका ५ देउरालीबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार महेन्द्र खरेलको कमाण्डमा खटिएको टोलीले पक्राउ गरिएको जनाइएको छ ।
प्रतिक्रिया