धनुषामा ४० वर्षीया रामपरीको बीभत्स हत्या, टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा भेटियो

शुक्रबार, २१ मंसिर २०८१
काठमाडौँ । धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ । धनुषाको विदेह नगरपालिका-५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो । सिर छेदन गरिएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो । उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा थियो । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको पाइएको छ । हत्या भएकी महिलाको श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारमा छन् । मृतकका कान्छो छोराका अनुसार मङ्गलवार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार अहिले एक जनालाई मात्र हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार