शेखर पक्षको भेला मलाई थाहा छैन : देउवा

शुक्रबार, २१ मंसिर २०८१
विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगरमा कांग्रेसकै  डा. शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा आफूलाई थाह नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज (शुक्रबार) पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भेलाका बारेमा आफूलाई थाहै नभएको प्रतिक्रिया दिएका हुन् । पार्टी केन्द्रीय समितिको सर्कुलरविपरीत कोइराला पक्षले गत मंगलबार विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिहरुको भेलामा आयोजना गरेको थियो । भेलाको बन्दसत्र भने बेलबारीको ड्रीम ल्याण्ड पार्कमा भएको थियो । सभापति भेलाको बन्द सत्रमा कांग्रेस नेता डाक्टर शेखर कोइराला, मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा मेडिकल व्यवसायी डाक्टर सुनील शर्मा, मोरङ क्षेत्र नम्बर १ का सांसद डिगबहादुर लिम्बू, डाक्टर मिनेन्द्र रिजाल, गुरुराज घिमिरेलगायतका नेताहरु सहभागी थिए । विराटनगरमा भेलालाई सम्बोधन गर्दै कोइरालाले भनेका थिए, ‘कुनै किसिमको डर, धाक, धम्कीबाट तपाईंहरु आत्तिनु भएन । तपाईंहरू निस्फिक्री भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’ यही विषयमा पत्रकारले प्रश्न सोध्दा पार्टी सभापति देउवाले भने भेलाका बारेमा थाहा नभएको बताएका हुन् । उनले भने, ‘मलाई थाहै छैन । अहिले थाहा पाएँ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार