पाथीभरामा चढाइएका घण्टी लिलाम बिक्री गरिँदै

शुक्रबार, २१ मंसिर २०८१
ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टी लिलाम बिक्री गरिने भएको छ। पाथीभरा क्षेत्र विकास समितिले भक्तजनहरूले चढाएका करिब साढे १६ हजार किलोग्रामभन्दा बढी पुराना घण्टी लिलाम बिक्री गर्ने भएको हो। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले १६ हजार ३६८ किलोग्राम घण्टी बिक्री गर्न लागेको बताए। एक क्विन्टलसम्म वजन भएका पुराना घण्टी लिलाम बिक्री गरिने उनको भनाइ छ। लिलाम बिक्रीमा राखिएका घण्टीको न्यूनतम मूल्य प्रतिकिलोग्राम ३८० रुपैयाँ कायम गरिएको बताइएको छ । लिलाम मार्फत खरिद गर्न चाहनेले पुस १३ गतेभित्र पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा सिलबन्दी बोलपत्र दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार