आँखा अस्पतालले खेलाडीहरूको उपचार खर्च मिनाहा गरोस् : मन्त्री चौधरी

शनिबार, २२ मंसिर २०८१
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल आँखा अस्पताललाई खेलाडीहरूलाई उपचार खर्च मिनाहा गर्ने सम्झौता गर्ने प्रस्ताव राखेका छन् । शनिवार नेपाल आँखा अस्पतालको २० औँ साधारण सभालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा खेलेका खेलाडीहरूलाई सरकारले रोजगारी र स्वास्थ्य सुविधा दिन नसकेको भन्दै खेलाडीहरूलाई उपचार खर्च मिनाहा गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘म युवा तथा खेलकुद मन्त्री भएको नाताले सभामा एउटा प्रस्ताव राख्न चाहन्छु । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा खेलेको खेलाडीहरूलाई सरकारले न रोजगारी दिन सकेका छौ, न स्वास्थ्यमा सुविधा दिन सकेका छौ । राम्रो बिमा पनि गर्न सक्या छैनौ । जसका कारण खेलाडीहरू अहिले विदेश पलायन भइसकेका छन् । त्यसैले कम्तीमा आँखा अस्पतालहरूले खेलाडीहरूलाई उपचार खर्च मिनाहा गर्ने सम्झौता गर्ने हो भने सजिलो हुन्छ कि,’ यस्तै, उनले अस्पताल पहिला भन्दा धेरै राम्रो अवस्थामा पुगे पनि अझै सुधार गर्न आवश्यक भएको बताए । उनले भने, ‘अस्पताल पहिला भन्दा धेरै राम्रो अवस्थामा पुगिसकेको छ । तर पनि केही प्रश्नहरू कहिलेकाहीँ उठ्ने गरेको छ । त्यस्तो प्रश्नहरूको सम्बोधन गर्दै जानुपर्छ ।’ यसका साथै यो एक वर्षको अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको लागि गङ्गालालले पूर्ण रूपमा निशूल्क उपचार गरिदिएको पनि उनले बताए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार